बुधबार १० असार, २०८३
तोलामा एकैदिन एक हजारले घट्यो सुनको मूल्य
काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एकैदिन एक हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुनको मूल्य ९३ हजार रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य समेत घटेको छ। चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ।
कात्तिक १३, २०७९ आइतबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।