मंगलबार १७ चैत, २०८२
कृष्ण बलामीको स्वरमा ‘राजा रानी’ सार्वजनिक
काठमाडौंः कृष्ण बलामीको स्वरमा नयाँ गीत ‘राजा रानी’ सार्वजनिक भएको छ।
सोमबार सार्वजनिक गीतमा धनेश परियारको संगीत तथा गायक बलामीकै शब्द रहेको छ भने एरेन्ज दिनेश न्यौपानेले गरेका हुन्।
आभा थापा र रोमन श्रेष्ठको अभिनय रहेको गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन्।
सन्तोष श्रेष्ठले निर्माण गरेको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने बन्दे मोक्तानले सम्पादन गरेका हुन्।
असोज ४, २०७९ मंगलबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।