सन्दीप लामिछाने बिबिएलको ड्राफ्टमा

सन्दीप लामिछाने बिबिएलको ड्राफ्टमा

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को १२औं संस्करणको ड्राफमा परेका छन्।

बिबिएलले आज बिहान सामाजिक सञ्जालमार्फत सन्दीप ड्राफ्टमा परेको जानकारी दिएको हो। खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ।

नेपाली राष्ट्रिय टोलीका कप्तान एवं लेग स्पिनर सन्दीपले यसअघि चार संस्करणको बिबिएल खेलिसकेका छन्।

उनले पहिलो दुई संस्करण मेलवर्न स्टारबाट खेलेका थिए। पछिल्ला दुई संस्करण भने होर्बाट हरिकेन्सबाट खेलेका थिए।

साउन १८, २०७९ बुधबार ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।