मंगलबार २४ चैत, २०८२
बैंकिङ कसुर मुद्दाका फरार काजी गुरुङ सामाखुसीबाट पक्राउ
२०७८ फागुन १ गते उच्च अदालत पाटनले दोषी ठहर गरेयता गुरुङ फरार थिए। ब्युरोका अनुसार गुरुङलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत पठाइएको छ।
गुरुङले एभरेष्ट बैंक लिमिटेड गोंगबु, काठमाडौंमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएपछि पीडित प्रहरीमा पुगेका थिए।
चैत १५, २०७८ मंगलबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।