मंगलबार २४ चैत, २०८२
कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा
काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णय अनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन २०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन्।
आजै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा स्थनीय चुनाव घोषणापत्र तयारी समिति गठन गरेको छ।
चैत १०, २०७८ बिहीबार २०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।