सोमबार १६ चैत, २०८२
सुन तोलाको एक लाखनजिक: आज २५ सय रुपैयाँले वृद्धि
काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य एकैदिन २५ सय रुपैयाँले बढेको छ। आज छापावाल सुन तोलामा ९९ हजार रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुन तोलामा ९६ हजार ५०० मा कारोबार भएको थियो। यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ।
आज चाँदीको मूल्यमा पनि अन्य दिनभन्दा बढी मूल्यवृद्धि भएको छ। आज चाँदी प्रतितोला रु ३५ ले बढेर एक हजार ३१५ कायम भएको छ।
फागुन १२, २०७८ बिहीबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।