मंगलबार २४ चैत, २०८२
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का
काठमाडौंः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा सुदूरपश्चिमका बैतडीसहित पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।
दार्चुलामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार ४.६ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको खाडामा रहेको थियो।
भूकम्पबाट नेपालमा क्षति भए नभएको बारे भने हालसम्म जानकारी प्राप्त भएको छैन।
पुष १५, २०७८ बिहीबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।