ओलीको घोषणा : अब कसैसँग नो एकता, नो एकीकरण

ओलीको घोषणा : अब कसैसँग नो एकता, नो एकीकरण

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलका नेताहरू चाहे एमालेमा आउन सक्ने बताउँदै अब अन्य पार्टीसँग एकता भने नगर्ने बताएका छन्।

एमालेको भातृ संस्था युवा सङ्घ नेपालले बनाएको साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले अब एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नभएको दाबी गरेका थिए। उनले कार्यक्रममा भने' अब कसैसँग नो एकता, नो एकीकरण।'

उनले एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा रहेका नेताहरूलाई एमालेमा फर्कन आग्रह गरेका थिए। उनले माधव नेपालले उनीहरूलाई झुक्क्याएर समाजवादीमा लगेको भन्दै निन्द्राबाट ब्युँझिएर एमालेमै फर्कन आग्रह गरेका थिए।

उनले गल्ती सच्याउँदै एमालेमा फर्कने कुनै नेतामाथि पनि भेदभाव नहुने र योग्यता अनुसारको जिम्मेवारी दिने दाबी गरेका थिए।

उनले एकिकृत समाजवादीलाई दुई चार दिनका मेहमान भएको दाबी गरेका थिए। माधव नेपाल अहिले कांग्रेसको पुच्छर समातेर फुर्ति लगाइरहेको भन्दै उनले भने' पिठ्यूमा झिँगो बसेर कांग्रेसले यसो पुच्छर हल्लायो भने यिनीहरु कहाँ पुग्छन् कहाँ।'

नेपालले ओलीलाई सकेंत गर्दै भनेका थिए' जो हमसे टकराएका चुर-चुर हो जायगा।' ओलीले जवाफ फर्काउँदै भने' सात वर्ष अगाडि म सँग चुनाव लड्दा को चुर=चुर भएको हो ? अहिले फुर्ती लगाउने ?'

 

मंसिर ८, २०७८ बुधबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।