मङ्सिर १५ बाट प्रधानन्यायाधीशले हैन गोलाले छान्छ सर्वोच्चको इजलास
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा बाहेक बसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मङ्सिर १५ बाट गोला प्रथाको आधारमा इजलास तोक्ने सहमति गरेका छन्।
बुधवार राणा बाहेकका न्यायाधीशहरू बसेर गोला प्रथाबारे छलफल गरेका थिए। स्रोतका अनुसार छलफलमा सबै न्यायाधीशहरू मङ्सिर १५ बाट गोला प्रथाबाट इजलास तोक्न राजी भएपछि भोलि बिहीबार पूर्ण बैठक डाक्ने सहमति भएको छ।
पेशी तोक्दा नै बदमासी हुने गरेको भन्दै आलोचना भएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो। नियमावली राजपत्रमा प्रकाशित भएकाले गोला प्रथा लागु गर्ने कानुनी बाटो खुली सकेको छ।
प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनले सुरु गरेको आन्दोलन भने जारी छ।
मंसिर ८, २०७८ बुधबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।