गुन्डा नाइके गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधि

गुन्डा नाइके गणेश लामा कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौँ : काभ्रे क्षेत्र नम्बर १ बाट कहलिएका गुन्डा नाइके गणेश लामाले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेका छन्। विजय गच्छदारसँगै कांग्रेसमा आएका उनी काभ्रेको राजनीतिमा लागेका छन्।

गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सभामा उठेर पराजित भएका थिए। रक्त चन्दन तस्करीसँगै आर्थिक रूपमा बलियो भएका उनी दर्जन बढी अपराधमा दर्जन बढी पटक पक्राउ परेका छन्।

रकम असुलीदेखि ढुङ्गा, बालुवा खानी सञ्चालनमा उनी संलग्न देखिएका छन्। पछिल्लो समय उनी ठेक्कातिर लागेका थिए। आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको भन्दै उनी विरुद्ध विशेषमा दर्ता मुद्दामा सफाइ पाएपछि सर्वोच्च गएको छ।

यस अगाडि काभ्रेबाट अर्का गुन्डा दावा लामा पालिका अध्यक्ष भइसकेका छन्। सिन्धुपाल्चोकमा समेत आपराधिक पृष्ठभूमिका सगुन श्रेष्ठ पालिका सभापति भएका थिए।

मंसिर ८, २०७८ बुधबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।