काभ्रे क्षेत्र नम्बर १ मा देउवा, कोइराला, गच्छदार र सिटौला प्यानल विजयी
काभ्रे : काभ्रे क्षेत्र नम्बर १ को सभापतिमा दिनेश लामाको समूह विजयी भएको छ। कांग्रेसको कृष्ण सिटौला समूहका शिव हुमागाईँले समर्थन गरेको प्यानलबाट दिनेश लामा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।
काभ्रे कांग्रेसका पूर्व सभापति शिव हुमागाईँको समूहमा देउवा, सिटौला र गच्छदार पक्ष थिए भने वर्तमान सभापति मधु आचार्यको समूहमा संस्थापन इतर समूह थिए।
निर्वाचन क्षेत्र नम्बर १ मा १ हजार ३१४ प्रतिनिधिमा १ हजार २६३ मत खसेको थियो। लामाले १०६० मत प्राप्त गरे। प्रतिस्पर्धी विष्णुमाया पुलामी मगर पराजित भइन। महाधिवेशन प्रतिनिधिमा गच्छदार समूहका गणेश लामा पनि निर्वाचित भएका छन्।
महाधिवेशन प्रतिनिधिमा काभ्रे जिल्ला सभापतिको उम्मेदवार तीर्थ लामा, गुणराज मुक्तान, शंखबुद्ध लामा, चन्द्र लामा, विक्रम राज गौतम, गुमान सिं तामाङ, हर्षजित लामा, शार्किमान बल, सि.बी. लामा निर्वाचित भएका छन्।
सि.बी. लामा महामन्त्री डा. शंशाक कोइराला निकट भनेर चिनिएका छन्। यस्तै अन्जु रञ्जित, जयन्ती हुमागाईँ, मिरा कुमारी नेपाली, लक्ष्मी कुमारी उप्रेती बर्तौला, रोशन तामाङ, विक्रम लामा, हरि बहादुर लामा, दुर्गामाया तामाङ, ललिता किंरिङ मगर, शान्ति लामा, माधव प्रसाद पन्त, रमेश प्रसाद हुमागाईँ, रमिला अधिकारी, उस्पार सुनार र उद्धव प्रसाद कोइराला महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
मंसिर ८, २०७८ बुधबार १०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।