कांग्रेस  तनहुँको १ मा मौराती र २ मा खनाल निर्वाचित 

कांग्रेस  तनहुँको १ मा मौराती र २ मा खनाल निर्वाचित 

दमौली : नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को सभापतिमा श्याम मौराती र क्षेत्र नम्बर २ को सभापतिमा चूडामणि खनाल निर्वाचित भएका छन्।  पदाधिकारीमा मौरातीको प्यानल नै विजयी भएको छ। 

क्षेत्रीय सचिवमा दयानिधि नराल र राजु बानियाँ निर्वाचित भएका छन्। सह–सचिवमा युवराज आले र शैलेश खाती निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।   

यस्तै महाधिवेशन प्रतिनिधिमा खुला पुरुषतर्फ वैकुण्ठ न्यौपाने, रघुनाथ पौडेल, रामचन्द्र पोखरेल, दीपक भट्टराई, देवकुमार श्रेष्ठ, रेसमलाल गुरुङ, सुरेश भट्टराई, आनन्दराज त्रिपाठी, रामचन्द्र अधिकारी र लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छन्। 

खुला महिलातर्फ चिनु पोखरेल, नारायणी अधिकारी, बिना कैनी र पुष्पादेवी श्रेष्ठ, दलित खुलातर्फ डोवाटे विक, खसआर्य पुरुषतर्फ शान्तिरमण वाग्ले, रामबहादुर बानियाँ, जनजाति खुलामा अशोककुमार श्रेष्ठ, टेकबहादुर गुरुङ र पूर्णबहादुर गुरुङ चयन भएका छन्। 

आदिवासी जनजाति महिलातर्फ सरिता गुरुङ र आशा थापा, दलित महिलातर्फ चन्द्रमाया परियार र अल्पसङ्ख्यकतर्फ खरसिं दरै विजयी भएका छन्। 

यस्तै तनहुँ क्षेत्र नम्बर २ को सभापतिमा चूडामणि खनाल निर्वाचित भएका छन्। पदाधिकारीमा खनाल प्यानल विजयी भएको छ। 

क्षेत्रीय सचिवमा जीवनचन्द ठकुरी र सन्तोष घिमिरे विजयी भएका छन्। सहसचिवमा याम सारू मगर र चित्रबहादुर राना विजयी भएका निर्वाचन समितिले जनाएको छ। 

महाधिवेशन प्रतिनिधिमा खुलातर्फ जितप्रकाश आले, ध्रुव वाग्ले, राजेन्द्रकृष्ण श्रेष्ठ, झुलबहादुर आले, मिलन आले, किसान गुरुङ, महेश्वर भट्टराई, जीवन शर्मा, भक्त श्रेष्ठ र कृष्ण गौतम चयन भएका छन्। 

खुला महिलातर्फ माया राना, इन्दिरा सिग्देल, तुलसीमाया अधिकारी र लक्ष्मी वाग्ले, खसआर्य पुरुषतर्फ डिल्लीराम अधिकारी, खसआर्य महिलातर्फ लक्ष्मी सिग्देल, जनजाति पुरुषतर्फ मोहनकुमार श्रेष्ठ, भीमबहादुर थापा मगर, चामबहादुर थापा, जनजाति महिलातर्फ गिनुमाया थापा, नरमाया आले थापा र पम्फा थापा विजयी भएका छन्। 

दलित पुरुषतर्फ महाधिवेशन प्रतिनिधिमा रामकृष्ण विक, दलित महिलातर्फ दिव्यश्वरी विक र अल्पसङ्ख्यक÷अपाङ्गतर्फ गङ्गाराम कुमाल विजयी भएका छन्। 

मंसिर ८, २०७८ बुधबार ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।