उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना 

उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना 

विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  विभागले देशभर चिसो बढ्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। 

दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले अनुमान गरेको छ। 

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा  र उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मंसिर ८, २०७८ बुधबार ०७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।