सोमबार २३ चैत, २०८२
रुपन्देही क्षेत्र नम्बर २ को सभापतिमा हरि लम्साल विजयी
सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी श्रेष्ठले २४२ मत प्राप्त गर्नु भएको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए।
सचिव पदमा श्रेष्ठ समूहका उम्मेदवार प्रजापाल गिरी र लम्साल समूहबाट विमलराज भट्टराई निर्वाचित भएका छन्। सचिवमा निर्वाचित श्रेष्ठ समूहका गिरीले ४२९ मत र लम्साल समूहबाट निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गरेका छन्।
सहसचिव पदमा लम्साल समूहका मिलन थापा र राजबहादुर क्षेत्री विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ।
मंसिर ८, २०७८ बुधबार ०७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।