सोमबार २३ चैत, २०८२
मतगणना स्थलमा कुटिएका कांग्रेस उम्मेदवारलाई उपचारका लागि काठमाडौँ ल्याइँदै
सोमवार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा विवाद सृजना भएपछि महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घ बहादुर केसी कुमार कुटिएका थिए।
उनले रामचन्द्र पौडेल समूहबाट उम्मेदवारी दिएका थिए। देउवा समूहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा र टाउकोमा गम्भीर चोट लागेको छ।
केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचारका लागि लगिएकोमा चिकित्सकहरूको सल्लाह बमोजिम थप उपचारका लागि काठमाडौँ पठाइएको छ।
मंसिर ७, २०७८ मंगलबार २१:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।