एमालेले महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढायो, बन्द सत्र सञ्चालन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल
एमालेका सचिव योगेश भट्टराईले महाधिवेशन प्रतिनिधिमा कूल सदस्यको ५ प्रतिशत १०३ जना मनोनीत गरिएको जानकारी दिएका हुन् ।
भट्टराईका अनुसार केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको सङ्ख्या २३८, निर्वाचित प्रतिनिधि १ हजार ८८९, महोत्तरी, रौतहट, प्रदेश नम्बर २ का मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना महाधिवेशनमा प्रतिनिधि हुनेछन्।
एमालेले यसअघि महाधिवेशन प्रतिनिधि १ हजार ९९९ जना हुने जनाएको थियो। एमालेको महाधिवेशनमा ५७६ जना महिला प्रतिनिधि सहभागी हुने भट्टराईले जानकारी दिए। ६२ महिलासहित १९५ जना दलित प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
एमालेले महाधिवेशनको बन्द सत्र सञ्चालनका लागि केपी शर्मा ओलीको अध्यक्षतामा ११ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरेको छ। युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा अध्यक्ष मण्डलमा रहेका छन्।
मंसिर ७, २०७८ मंगलबार २१:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।