वीरगञ्जमा राति १० बजेपछि डिजे तथा ब्याण्ड बाजामा रोक
पर्साः वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि डिजे तथा ब्याण्ड बाजा बजाउनमा रोक लगाइएको छ। विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा बजाइने अश्लील गीतसङ्गीत एवं सडक अर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सो निर्णय गरिएको हो।
यसैगरी वीरगञ्ज नगरपालिकाका धर्मशाला, पार्टी प्यालेस एवम् होेटल, बिपीपार्क, माईस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना पनि अघि बढाइएको छ।
मंसिर ७, २०७८ मंगलबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।