मौसम अपडेट: प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

मौसम अपडेट: प्रदेश १, बागमती र गण्डकीका हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज नेपालका प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हिमपात हुने जनाएको छ। हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरूका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली जारी रहनेछ।

मंसिर ७, २०७८ मंगलबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।