ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

सिन्धुपाल्चोकः अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटे सडकखण्डमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा५ख ४२८२ नंको ट्रकले काठमाडौंतर्फ जाँदै गरेको बा३१प ०५८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार आशिष श्रेष्ठ गम्भीर घाइते भएको र उपचारका लागि उनलाई धुलीखेलतर्फ पठाइएको छ।

ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए।

मंसिर ४, २०७८ शनिबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।