माैसम अपडेट: वर्षा र हिमपातकाे सम्भावना
काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा तथा हिमपातकाे सम्भावना रहेकाे जनाएकाे छ। हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको कारण वर्षा र हिमपातकाे सम्भावना रहेकाे हाे।
हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशहरूमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।
आज दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। आज राति पनि यही माैसम प्रणाली रहनेछ।
मंसिर ४, २०७८ शनिबार ०७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।