रोकिएको एनआरएनको निर्वाचन डिसेम्बर १५ मा

रोकिएको एनआरएनको निर्वाचन डिसेम्बर १५ मा

सङ्घका अध्यक्ष कुमार पन्तका अनुसार नयाँ कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ मा हुनेछ।

तयारी गरिरहेको सङ्घको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि रोकिएको थियो।

पन्तले जारी गरेको विज्ञप्ति अनुसार परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग परराष्ट्र मन्त्रालयमा सङ्घको महाधिवेशनको बारेमा छलफल भएपछि नयाँ मिति तोकिएको हो। सङ्घले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र प्रस्तुत गरेको थियो ।  

सङ्घले प्रस्तुत गरेको मार्गचित्रमा मन्त्री सकारात्मक भएपछि नयाँ मिति तोकिएको दाबी गरिएको छ। महाधिवेशन प्रतिनिधिहरूको सूची शुक्रवारै निर्वाचन समितिलाई बुझाइने विज्ञप्तिमा उल्लेख छ। 

मंसिर ३, २०७८ शुक्रबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।