सुन तस्करीको नयाँ तरिका : प्याडभित्र सुनको लेदो, हिँड्न अप्ठ्यारो भएपछि प्रहरीको नजरमा

सुन तस्करीको नयाँ तरिका : प्याडभित्र सुनको लेदो, हिँड्न अप्ठ्यारो भएपछि प्रहरीको नजरमा

वैदेशिक रोजगारीबाट शुक्रवार नेपाल फर्किएका २ जनाबाट करिब २ किलो सुनको लेदो फेला परेको छ। विमानस्थल प्रहरीले दाङका सीताराम चौधरी र सिराका सरोज सहनीलाई विमानस्थलको पार्किङस्थलबाट नियन्त्रणमा लिएको हो।

वैदेशिक रोजगारबाट आउने नेपाली यसरी फस्छन् सुन तस्करीमा

विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार उनीहरूले भित्री वस्त्रमा फल्स बटम जस्तो बनाएर सुन ल्याएका थिए।

उनीहरूको हिँडाइ अलि असहज देखिएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। जाँच गर्दा उनीहरूले कट्टुभित्र प्याड लगाएर त्यहाँभित्र प्लास्टिकको पोकामा राखेर सुनको लेदो ल्याएका थिए।

‘शङ्कास्पद रूपमा विमानस्थलको पार्किङ स्थलमा उनीहरू हिँडिरहेका थिए,’उनले भने, ‘प्रहरीलाई शङ्का लागेपछि खोजतलास गर्दा अन्डरवेयर भित्र सेतो रङ्गको झोलामा सुन जस्तै देखिने लेदो पदार्थ लुकाएको पाइयो।’

मंसिर ३, २०७८ शुक्रबार १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।