सोमबार १६ चैत, २०८२
थाेरै घट्यो सुनचाँदीको मूल्य
काठमाडाैंः नेपाली बजारमा आज सुनचाँदीकाे मूल्यमा गिरावट आएकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनकाे मूल्यमा प्रतिताेला एक सय रुपैयाँले गिरावट आएकाे हाे।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० कायम भएको छ। यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ९०० तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्यमा पाँच रुपैयाँ प्रतिताेलाकाे गिरावट आएकाे छ। आज चाँदीकाे मूल्य प्रतिताेला एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ।
मंसिर ३, २०७८ शुक्रबार १३:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।