प्रचण्डलाई धपेडी : बिहान अस्पताल गए, अहिले निवासमै उपचार 

प्रचण्डलाई धपेडी : बिहान अस्पताल गए, अहिले निवासमै उपचार 

काठमाडौँ : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सन्चो नभएको उनको निजी सचिवालयले जनाएको छ।

प्रचण्डलाई धपेडीका कारण शरीरमा थकान बढेकाले बिहान मेडिसिटी अस्पताल लगेर स्वास्थ्य जाँच गराइएको प्रचण्डका निजी सचिव जोखबहादुर महराले जानकारी दिए। 

उनले अहिले निवासमा डाक्टरहरू आएर चेकजाँच गरिरहेका छन्। ‘धपेडीले थकान महसुस भएपछि बिहान जँचाउन अस्पताल जानु भएको थियो,’महराले उकेरासँग भने,‘अहिले सामान्य छ, घरमा डाक्टर आएर चेकजाँच गरिरहेका छन्।’ 

माओवादी अध्यक्ष प्रचण्डले हिजो शुक्रबार विप्लव समूह परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गराउने पेरिसडाडामा भएको कार्यक्रमपछि नै धपेडी महसुस गरेको उनको सचिवालयले बताएको छ।

कात्तिक २७, २०७८ शनिबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।