सुर्खेतमा अटो रिक्सा दुर्घटना : एक महिलाको मृत्यु

सुर्खेतमा अटो रिक्सा दुर्घटना : एक महिलाको मृत्यु
फाइल तस्बिर

सुर्खेत : वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह ८४४ नम्बरको अटो रिक्सा आज अनियन्त्रित भई सडकको कलभर्टमा ठोक्किएर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको हो। 

वीरेन्द्रनगर–१ की ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए।

उनका अनुसार शाहीको कर्णाली केयर अस्पताल वीरेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो। शवलाई पोस्टमार्टमका लागि  प्रदेश अस्पताल कालागाँउ पठाइएको उनले बताए।

कात्तिक २७, २०७८ शनिबार १५:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।