मंगलबार २४ चैत, २०८२
कैलालीको अत्तरियामा एक महिला मृत फेला
धनगढीः कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छिन्। अत्तरियामा भाडामा बस्दै आएकी २७ वर्षीया कल्पना भट्ट मृत फेला परेकी प्रहरीले बताएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार डडेल्धुरा घर भएकी उनी ९ वर्षीय छोरासहित कोठा भाडामा बस्दै आएकी थिइन्। कल्पनाका माइती पक्ष र परिवारलाई घटनाबारे खबर गरिएको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कात्तिक २७, २०७८ शनिबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।