अब उद्याेगले मागे जति विद्युत पाउँछन् : कुलमान घिसिङ
बुटवलः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब छिट्टै उद्योगले माग गरे जति विद्युत पाउने बताएका छन्। शनिबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उनले बन्न लागेका सवस्टेसन सम्पन्न भएलगत्तै विद्युतकाे मागअनुसार पूर्ति गरिने बताए।
रुपन्देही, परासी क्षेत्रमा मागअनुसारको विद्युत उद्योगलाई दिन नसकिएको भन्दै उनले यो समस्या छिटै समधान हुने बताए। सवस्टेसन निर्माण र केही ट्रान्समिसन लाईन विस्तार भइरहेकाले अहिले परिक्षणस्वरूप भारतमा विद्युत बिक्री गरिएको उनको भनाइ छ।
'नेपालको विद्युत सबै यहाँ खपत गर्ने र बाँकी रहे मात्र बिक्री गर्ने लक्ष्य हो', उनले भने।
अहिले उत्पादन भइरहेको विद्युत खपत नभएकाले उनले नागरिकहरूलाई विद्युतकाे प्रयोग गर्न पनि आग्रह गरे। इन्डक्सन चुलो, विद्युतीय सवारीको प्रयोग गर्न समेत उनले आग्रह गरे।
'इन्डक्सन चुलो प्रयोग गर्दा ४०/५० प्रतिशत सस्ताे पर्छ। ट्रिपिङ समस्या पनि हुँदैन। सवारीका हकमा चार्जिङ स्टेशन ५० वटा देशभर बन्दैछन्। यसो हुँदा विद्युतीय सवारीको प्रमोशन हुन्छ', उनले भने।
उनले उद्योगीहरूलाई परेको ट्रंक लाइनको विषय पनि छिटो समधान हुने बताए।
उद्याेगले पर्याप्त विद्युत नपाएकाे बारे उकेरमा प्रकाशित यसअघिकाे समाचार
कात्तिक २७, २०७८ शनिबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।