आज १३ जिल्लामा कांग्रेसकाे वडा अधिवेशन हुँदै
काठमाडाैंः नेपाली कांग्रेसकाे जारी १४औं महाधिवेशनअन्तर्गत आज १३ वटा जिल्लामा वडा अधिवेशन हुँदैछ। यसअघि यी १३ जिल्लामा क्रियाशील सदस्यता विवादले अधिवेशन स्थगत भएकाे थियाे।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज वडा अधिवेशन हुने जिल्लाहरूमा प्रदेश नं २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवा रहेका छन्।
यद्यपि प्रदेश २ काे सर्लाहीमा भने पार्टीका निर्वाचन अधिकृतले राजीनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल भएकाे छ। समितिका सञ्योजक महादेवप्रसाद यादवले भने अर्काे निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन प्रारम्भ गर्ने बताएका छन्।
अब कांग्रेसकाे बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मङ्सिर ६ र १० गते हुनेछ।
कात्तिक २७, २०७८ शनिबार १०:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।