पुलबाट माेटरसाइकल खसेर दुर्घटना, चालककाे मृत्यु
सुर्खेतः माेटरसाइकल दुर्घटनामा चालककाे मृत्यु भएकाे छ। शुक्रबार साँझ जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका-५ दूरसञ्चार कार्यालय अगाडि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे।
मृत्यु हुनेमा दैलेख महाबु गाउँपालिका-५ का २३ वर्षीय मनाेज सिंह रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो।
दूरसञ्चारबाट चिसापानीतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०२८प ४८८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर हिजो बेलुकी ८ बजे पुलबाट तल खसेको थियो।
कात्तिक २७, २०७८ शनिबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।