माेटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु, दुई घाइते
गए राति १० बजे प्रदेश १-०१-०१२प ६७६२ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको को६प ९६९५ नम्बरको मोटरसाइकलसँग ठोकिएको थियो। त्यसक्रममा ६७६२ नम्बरको मोटरसाइकल उछिट्टिएर पुनः मे१ज २०७३ नम्बरको बोलेरो जीपमा ठोकिन पुगेको थियो।
दुर्घटनामा ६७६२ नम्बरको मोटरसाइकल चालक स्थानीय २५ वर्षीय सुरज योङहाङ, अर्का मोटरसाईकल चालक कन्काईका २६ वर्षीय पदम विक र सोही मोटरसाइकलमा पछाडि सवार सप्तरीको फत्तेपुर घर भएका २२ वर्षीय राज कुमार लोहार घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारको लागि वि.एण्ड. सी अस्पताल विर्तामोड लैजाँदै गर्दा पदम विकको भने बाटोमै मृत्यु भएको हो। तीन वटै सवारी साधनसहित बलेरो चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिइसकेको छ।
कात्तिक २७, २०७८ शनिबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।