माओवादीको प्रदेश र पालिका कमिटीमा सात सदस्यीय पदाधिकारी रहने 

माओवादीको प्रदेश र पालिका कमिटीमा सात सदस्यीय पदाधिकारी रहने 

शुक्रबार बसेको बैठकले संशोधन गरेको विधान अनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने शाहले बताए। 

माओवादीको राष्ट्रिय सम्मेलन अन्तर्गत भोलि टोल भेला सुरु हुने शाहले जानकारी दिए। मंसिर ४ गते वडा तहको भेला हुनेछ।

माओवादीको संशोधित विधान अनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष,  एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछन्। साबिकको विधानअनुसार कमिटीमा पाँच पदाधिकारी रहने व्यवस्था थियो।  

संशोधित विधानमा पाँच सदस्यीय वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ।  बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेको छ।  गामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ।

कात्तिक २६, २०७८ शुक्रबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।