थप ३९७ जनामा कोरोना सङ्क्रमण, ३ जनाको मृत्यु
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १६ हजार ४१५ पुगेको छ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७ जना रहेको छ।
पछिल्लो २४ घण्टामा ३८९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन्। अहिलेसम्म निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ४४८ पुगेको छ। मन्त्रालयका अनुसार निको हुने दर ९७.७ प्रतिशत रहेको छ।
कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६९ पुगेको छ।
अहिले कोरोनाका कारण हुने मृत्युदर १.४ प्रतिशत छ। त्यस्तै आज ९३ हजार ६९५ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४९८ रहेको छ। अहिले होम आइसोलेसनमा ६ हजार ९४५, संस्थागत आइसोलेसनमा ५५३, आइसियुमा १९० र भेन्टिलेटरमा ५७ जनाले उपचार गराइरहेका मन्त्रालयले जनाएको छ।
कात्तिक २६, २०७८ शुक्रबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।