सार्वजनिक भयाे एमालेकाे महाधिवेशनकाे लाेगाे र नारा
काठमाडाैंः नेकपा एमालले पार्टीकाे १०औं महाधिवेशनकाे लाेगाे सार्वजनिक गरेकाे छ। आज च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलन गर्दै एमालेले लाेगाे सार्वजनिक गरेकाे हाे।
पार्टीका महासचिव ईश्वर पाेखरेलले लाेगाे सार्वजनिक गरेका हुन्। लाेगाेमा एक सिङे गैंडाले कम्युनिष्ट पार्टीकाे झण्डा बाेकेकाे छ भने छेउमा एमालेकाे चुनाव चिह्न सूर्यकाे तस्बिर छ।
आगामी मङ्सिर १०, ११ र १२ गते चितवनमा एमालेको १०औं राष्ट्रिय महाधिवेशन हुँदैछ। चितवनमा महाधिवेशन आयाेजना हुने भएकाले गैंडालाई पार्टीकाे झण्डा बाेकाइएकाे नेताहरूकाे टिप्पणी छ।
यस्तै आजकाे कार्यक्रममा महाधिवेशनकाे नारा पनि सार्वजनिक भएकाे छ। ‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौं’ भन्ने नारा १०औं महाधिवेशनका लागि तय भएकाे छ।
भाेलि देशैभर एमालेकाे महाधिवेशनका प्रतिनिधि चयन हुँदैछन्।
कात्तिक २६, २०७८ शुक्रबार १४:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।