काठमाडाैंबाट तास खेलिरहेका २२ जना पक्राउ
काठमाडाैंः प्रहरीले काठमाडाैंका विभिन्न स्थानबाट तास खेलिरहेका २२ जनालाई नियन्त्रणमा लिएकाे छ। काठमाडाैंकाे चाैमती र दक्षिणकाली क्षेत्रबाट तास खेलिरहेका २२ जनालाई पक्राउ गरिएकाे हाे।
बिहीबार साँझ प्रहरीले काठमाडौं महानगरपालिका-१५ चौमती बस्ने संजिव देउलाको घरमा तास खेलिरहेको अवस्थामा देउलासहित ८ जनालाई पक्राउ गरेको छ। उनको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार १ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी, दक्षिणकाली नगरपालिका-९ हुडुस्थित निरज महर्जनको खाजा पसलमा तास खेलिरहेको अवस्थामा सोही नगरापलिका-५ बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार ७ सय ४० रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक २६, २०७८ शुक्रबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।