चाेरबाटोबाट छिर्नुभयाे, चाेरबाटोबाटै बाहिरिनुस् : अधिवक्ता सिलवाल
काठमाडाैंः अधिवक्ता सुवाेध सिलवालले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई राजीनामा गरेर चाेरबाटोबाटै बाहिरन सुझाव दिएका छन्।आज सर्वाेच्च अदालतकाे मूल गेटमा कानून व्यवसायीहरूले धर्ना दिएपछि प्रधानन्यायाधीश राणा महान्यायाधिवक्ताकाे कार्यालयकाे गेटहुँदै अदालत प्रवेश गरेका थिए।
अधिवक्ता सिलवालले भने, 'नैतिक रूपमा प्रवेश गर्न पाइँदैन। आज चोरबाटोबाट छिर्नुभयो। चोरबाटोबाट छिरेर हिसाब गरेर राजीनामा गरेर चोरबाटोबाटै बाहिरिनुस्।'
उनले सुरक्षा संयन्त्रलाई बाेली नथुन्न पनि आग्रह गरे। सुरक्षा घेरा राख्दैमा टिक्ने सामर्थ्य नभएकाे भन्दै उनले प्रधानन्यायाधीश राणालाई बाटो छँदै निस्कन पनि आग्रह गरे।
'चरणवद्ध आन्दोलनमा छौं। अहिले निस्कने बाटो हुँदा नै निस्कनुस्। पछि त्यो बाटो पनि पाउनु हुँदैन', उनले भने।
कात्तिक २६, २०७८ शुक्रबार ११:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।