साइरन बजाउँदै प्रधानन्यायाधीश सर्वाेच्च छिरे

साइरन बजाउँदै प्रधानन्यायाधीश सर्वाेच्च छिरे

काठमाडाैंः प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा सर्वाेच्च अदालत प्रवेश गरेका छन्। सर्वाेच्चकाे मूलगेटमा कानून व्यवसायीहरूले धर्ना दिएपछि प्रधानन्यायाधीशले अर्काे गेट प्रयाेग गरेर अदालत प्रवेश गरेका हुन्।

 

उनी सवार गाडी साइरन बजाउँदै १० बजेर ५५ मिनेटमा महान्यायाधिवक्ताको कार्यालयको १ नम्बर गेटहुँदै सर्वाेच्च छिरेकाे थियाे।

उपत्यकाका अन्य अदालतमा १२ बजेपछि सुनुवाइ

सर्वाेच्च अदालतबाहेक काठमाडाैं उपत्यकाका अन्य अदालतमा आज दिउँसाे १२ बजेपछि सुनुवाइ हुने भएकाे छ। नेपाल बार एसाेसिएसनका महासचिव लीलामणि पाैडेलले आज १२ बजेपछि सुनुवाइमा सहभागी हुने बताएका हुन्। 

यस्तै उनले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई इमान भए राजीनामा दिन आग्रह गरेका छन्। उनले भने, ‘इमान भए उहाँले राजीनामा दिनुहुन्छ। नभए हामी संयुक्त राष्ट्र संघसम्म पुग्न बाध्य हुने छौं।’

 

कात्तिक २६, २०७८ शुक्रबार ११:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।