सर्वाेच्चकाे प्रवेशद्वारमै कानून व्यवसायीकाे धर्ना

सर्वाेच्चकाे प्रवेशद्वारमै कानून व्यवसायीकाे धर्ना

काठमाडाैंः सर्वाेच्च अदालतकाे मूल प्रवेशद्वारमै नेपाल बार एसाेसिएसनले धर्ना दिएकाे छ। प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई सर्वाेच्च अदालत प्रवेशमा राेक लगाउने उद्देश्यसहित कानून व्यवसायीहरूले आज सर्वाेच्च अदालतकाे मूल गेटमै धर्ना दिएका हुन्।

बारकाे प्रदर्शन आज मध्यान्न १२ बजेसम्म जारी रहने बारका महासचिव लीलामणि पाैडेलले जानकारी दिए। 

हिजाे बारकाे विराेध सभामा प्रहरीकाे धरपकडमा ६ जना कानून व्यवसायी घाइते भएका थिए। त्यसपछि बारले आज झनै सशक्त आन्दाेलन गर्ने, प्रधानन्यायाधीशलाई सर्वाेच्च अदालत प्रवेशमा राेक लगाउने बताएकाे थियाे। 

आज अदालत परिसरमा सुरक्षा व्यवस्था निकै कडा पारिएकाे छ। ठूलाे सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टोली परिचालन गरिएकाे छ।  

कात्तिक २६, २०७८ शुक्रबार १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।