लागूऔषधसहित दुई युवक पक्राउ
सिरहाः जिल्लाकाे छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेकाे छ। ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेकाे टोलीले प्रतिबन्धित लागूऔषधसहित २८ वर्षीय अनिथा महरालाई पक्राउ गरेको छ भने प्रहरी चाैकी ठाडीबाट खटेकाे टोलीले २१ वर्षीय प्रेम मण्डललाई पक्राउ गरेकाे छ।
पक्राउ परेका महराको साथबाट १०० ग्राम गाँजा र नाइट्रोभेट १० लेखेको ट्याबलेट १५० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाष बुढाथोकीले बताए। आँपको बगैँचामा घुमफिर गरिरहेको अवस्थामा शङ्का लागि जाँच गर्ने क्रममा लागूऔषधसहित महरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यता मण्डललाई लागुऔषध नाइट्रोभेट ७५ ट्याबलेटसहित पक्राउ गरिएकाे हाे। प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई पक्राउ गरेकाे हाे।
कात्तिक २६, २०७८ शुक्रबार १०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।