सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा
काठमाडाैंः सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ। नेपाल बार एसाेसिएसन र सर्वाेच्च बार दुवैले आज प्रधानन्यायाधीशलाई अदालत प्रवेशमा राेक लगाउने भनेसँगै सुरक्षा व्यवस्था कडा पारिएकाे हाे।
सर्वाेच्च परिसरमा ठूलाे सङ्ख्यामा सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीकाे टोली परिचालन गरिएकाे छ। बिहीबार प्रहरीकाे धरपकडमा ६ जना कानून व्यवसायी घाइते भएसँगै बारले आज झनै सशक्त आन्दाेलन गर्ने बताएकाे थियाे।



साेही अनुरुप आज प्रधानन्यायाधीशलाई सर्वाेच्च प्रवेशमा राेक लगाउने बारकाे याेजना रहेकाे छ। यता बारकाे याेजना विफल पार्न अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडा पारिएकाे छ।

हाल बार परिसरमा अधिवक्ताहरूकाे विराेध जारी छ। अधिवक्ताहरूले 'न्यायपालिकामा राजनैतिक हस्तक्षेप बन्द गर', 'विचाैलियालाई कारबाही गर', 'शान्तिपूर्ण कार्यक्रममा प्रहरीकाे हस्तक्षेप बन्द गर' जस्ता नारा लगाइरहेका छन्।

तस्बिरः दीपेन्द्र अधिकारी
कात्तिक २६, २०७८ शुक्रबार १०:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।