आज बार एसाेसिएसनले प्रधानन्यायाधीश राणालाई सर्वाेच्च प्रवेशमा राेक लगाउने
काठमाडाैंः नेपाल बार एसाेसिएसनले आज प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई सर्वाेच्च अदालत प्रवेशमा राेक लगाउने भएकाे छ। बार एसाेसिएसनका महासचिव लीलामणि पाैडेलले आज बिहानै सम्पूर्ण कानून व्यवसायीहरूलाई बार परिसरमा उपस्थित हुन पनि आग्रह गरेका छन्।
आज बारले सर्वाेच्च अदालतका सम्पूर्ण बेञ्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेञ्च वहिष्कार गर्न र प्रधानन्यायाधीश राणाले ताेकेकाे इजलासमा नबस्न सम्पूर्ण कानून व्यवसायीहरूलाई आग्रह गरेकाे छ।
यस्तै सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि हिजाे बारकाे विराेध सभामा सम्बाेधन गर्दै प्रधानन्यायाधीश राणालाई आज सर्वाेच्च प्रवेशमा राेक लगाउने बताएका थिए।
आजबाट कानून व्यवसायीहरूले झनै कडा आन्दाेलन गर्ने बताएका छन्। आज १० बजेबाट प्रदर्शन झनै सशक्त बनाइने नेपाल बार र सर्वोच्च बार दुवैले घोषणा गरेका छन्।
कात्तिक २६, २०७८ शुक्रबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।