माेटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु, एक घाइते

माेटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु, एक घाइते

झापाः जिल्लाको कमल गाउँपालिका-५ लभडाँडामा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट दमकतर्फ आउँदै गरेको प्रदेश१-०२–-०४१प २००० नम्बरको मोटरसाइकल गए राति पाैने १ बजे अनियन्त्रित भएर पल्टिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय डिल्लीराम शाही र पछाडी सवार सुनसरीको ईटहरी उपमहानगरपालिका-२० का २५ वर्षीय रुपम तामाङ घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारको लागि दमक अस्पताल पठाइएको थियो। उपचारकै क्रममा चालकको राति पौने २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

कात्तिक २६, २०७८ शुक्रबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।