एकतर्फी रूपमा एमसिसी फिर्ता लैजान अमेरिकी सरकारलाई बामदेवको आग्रह
सम्झौता कार्यान्वयन गर्दा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शङ्का गर्न थालिएको र अहिलेको अवस्थामा सांसदबाट परियोजना अनुमोदन गर्न सम्भव नभएको भन्दै उनले एकपक्षीय रूपमा भए पनि एमसिसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत आग्रह गरेका हुन्।
उनले एमसिसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना भएको तर्क गरेका छन्। अहिले जटिल अवस्थामा जुन सरकार बनेको र यस्तो अवस्थामा सांसदबाट अनुमोदन हुन नसक्ने भन्दै उनले नेपाल सरकारलाई समेत एमसिसी फिर्ता गर्न आग्रह गरेका छन्।
कात्तिक २४, २०७८ बुधबार १८:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।