१२ वर्ष माथिका दीर्घ रोगीलाई फाइजर खोप दिइँदै, चिकित्सकको पुर्जा अनिवार्य

१२ वर्ष माथिका दीर्घ रोगीलाई फाइजर खोप दिइँदै, चिकित्सकको पुर्जा अनिवार्य

स्वास्थ्य मन्त्रालयका अनुसार वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, धुलिखेल, पाटन, सिभिल अस्पतालबाट खोप लगाइनेछ।

उपत्यकाबाहिर १५ वटा अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने मन्त्रालयले जानकारी दिएको छ। १२ वर्षमाथिका दीर्घ रोगीहरूलाई फाइजर खोप लगाइने मन्त्रालयले जानकारी दिएको छ।

दीर्घ रोगीलाई खोप दिने भएकाले फाइजर खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य गरेको छ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधी खाइरहेका, मिर्गौला फेरेका, डायलासिस गराइरहेका वा औषधी खाइरहेका, जुनसुकै क्यान्सरको उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको उपचार गराइरहेका, अङ्ग प्रत्यारोपण गराएका, उच्च रक्तचाप वा मधुमेह भएर चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क र मस्तिष्कका रक्त नली सम्बन्धी रोग भएकाले मात्र फाइजरको खोप लगाउन पाउनेछन्।

यो खोप २१ देखि २८ दिनभित्रमा दुई मात्रा लगाउनुपर्छ। हालै अमेरिकी सरकारले नेपाललाई अनुदान दिएको फाइजर दीर्घ रोगीहरूलाई लगाउन लागेको हो।

कात्तिक २४, २०७८ बुधबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।