नोबेल पुरस्कार विजेता मलालाले गरिन् निकाह
उनले सानो इस्लामिक समारोहका बिचमा मङ्गलवार बेलायतको बिर्मिङ्घममा निकाह गरेकी हुन्।
तालिबान विद्रोहीहरूको आक्रमणकै कारणले असुरक्षा महसुस गरी उनी अहिले बेलायतमा बस्दै आएकी छिन्। उनले सामाजिक सञ्जालहरूमा आफ्ना पतिसहितको फोटो राखेर सबैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छिन्।
इस्लामिक परम्पराअनुसार विवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ। २४ वर्षकी मलालाले अहिले निकाह गरेकी हुन्।
पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरूले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित तीन जना घाइते भएका थिए। त्यसपछि उनको चर्चा विश्वव्यापी भएको थियो।
उनले १७ वर्षको उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाएकी थिइन्।
कात्तिक २४, २०७८ बुधबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।