कांग्रेस पूर्वमहामन्त्री सिटौलाले भने, टिमसहित सभापतिमा उम्मेदवारी दिन्छु
काठमाडौँ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औँ महाधिवेशनमा टिमसहित सभापतिमा उम्मेदवारी दिने बताएका छन्।
गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रमपछि उनले टिमसहित सभापतिमा उम्मेदवारी दिने बताएका हुन्।
कांग्रेसको १३ औँ महाधिवेशनको सभापतिका उम्मेदवार सिटौला पहिलो चरणबाटै बाहिरिएका थिए। उनले दोस्रो चरणमा शेरबहादुर देउवालाई सहयोग गरेका थिए।
सभापति र तपाई पार्टीको निर्वाचनमा कसरी जाँदै हुनुहुन्छ? भन्ने प्रश्नमा सिटौलाले भने,‘टिमसहित सभापतिमा लड्छु।’
प्रतिष्ठानले गरेको औपचारिक कार्यक्रममा उनले गणेशमानको आदर्शलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका थिए। उनले संविधानले बाटो पक्का गरे पनि परिपक्व हुन नसकेको बताए।
उनले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका अब एक दिन पनि परिवर्तन नहुने बताए। उनले वडा अधिवेशन हुन नसकेका जिल्लामा कार्तिक २७ गते अधिवेशन गर्नुपर्ने बताए।
कात्तिक २४, २०७८ बुधबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।