जनस्वास्थ्यका मापदण्ड पालना गरेर छठ पर्व मनाउन आग्रह
काठमाडौँ : राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै छठ छठ पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।
छठ पर्वको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै छठ पर्व मनाउन भनेका हुन्।
राष्ट्रपति भण्डारीले छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा उल्लेख गरेकी छन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वले सम्पूर्ण नेपालीमा सद्भाव र एकतालाई थप सुदृढ बनाउने उल्लेख गरेका छन्।
छठ पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्।
शुभकामना सन्देशमा गत वर्षको जस्तै कोरोना त्रास कायमै रहेकाले स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन आग्रह गरिएको छ।
छठ पर्वका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।
कात्तिक २४, २०७८ बुधबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।