मंगलबार २४ चैत, २०८२
हेटौडामा ट्रकले बसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
मकवानपुर : मकवानपुरको हेटौडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ।
ना ७ ख ८७६ नम्बरको रात्रि बसलाई प्रदेश–२–०३०१ ख ५०३५ नम्बरको ट्रकले मंगलबार राति नवलपुरमा ठक्कर दिँदा बसमा रहेका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बसमा रहेका १५ यात्रु घाइते भएका छन्। घाइते बसका यात्रु र ट्रकका चालकको हेटौडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमै मृत्यु भएका दुई जनाको नाम खुल्न सकेको छैन।
कात्तिक २४, २०७८ बुधबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।