श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको मुख्य दिन आज  

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वको मुख्य दिन आज  

काठमाडौँ : छठ पर्वको मुख्य दिन मिथिला क्षेत्रमा बुधबार छठ पर्वको रौनक छ।

बुधबार साँझ छठका व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्छन्। 

यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ भन्ने गरिन्छ। मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ। यसअघि बर्तालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन्।

श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठ पर्वका अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती दुलहीझैँ सिँगारिएका छन्। बर्तालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवतरूपमा समापन हुन्छ। 

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ पर्वमा सङ्घीय राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा पूजा गर्न थालिएको छ। छठ पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। 

कात्तिक २४, २०७८ बुधबार ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।