उपभोक्ताको आवरणमा हुने भ्रष्टाचार रोक्न सहरी मन्त्री रामकुमारीको बोल्ड निर्णय
उपभोक्ता समितिको नाममा अनियमितता बढेको सरकारी प्रतिवेदनका आधारमा मन्त्री रामकुमारी झाँक्रीले कात्तिक ७ गते उपभोक्ता समितिबाट निर्माणको काम रोक्ने निर्णय गरेकी हुन्।
समितिबाट काम गराउँदा एकरूपता नभएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनमा पटक-पटक प्रश्न उठ्ने गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उपभोक्ता समितिबाट भएका निर्माणका काममा भएका अनियमितताका उजुरी बढिरहे पनि सरकारले रोक्न भने सकेको थिएन।
मन्त्रालयले अनुगमन गर्दा समेत उपभोक्ता समितिबाट गराइएका निर्माणको कामको गुणस्तरमा प्रश्न उठेको थियो। यसबारे कुनै नीति नियम नभएको भन्दै मन्त्री झाँक्रीले कार्यविधि नबनेसम्मका लागि उपभोक्ता समितिबाट गराइने सबै प्रकारका निर्माणको काममा रोक लगाउने निर्णय गरेकी हुन्।
मन्त्रीस्तरिय सो निर्णय अनुसार मन्त्रालयले सहरी विकास विकास लगायतका सरोकारवाला निकायमा पत्राचार समेत गरिसकेको छ।
कात्तिक २३, २०७८ मंगलबार २०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।