तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त 

तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त 

मन्त्रिपरिषद्को सिफारिसमा उनले तीन वटै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्। 

प्रदेश १ का सोमनाथ अधिकारी ‘प्यासी’, कर्णाली प्रदेशका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशका गङ्गाप्रसाद यादव पदमुक्त भएका हुन्। 

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले प्रदेश १ मा तेह्रथुमका परशुराम खापुङ्ग, कर्णालीमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

कात्तिक २३, २०७८ मंगलबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।